श्रीमानको लिङ्ग ठुलो भएको भन्दै बिहे गरेको एक सातामा सम्बन्ध बिच्छेद >>

नाइजेरियन महिला आयशा दानुपाभाले आफ्नो श्रीमानको लिंग साह्रै ठुलो भएको भन्दै सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा हालेकी छन् । एक साताअघि मात्र भएको विवाह बदर गर्न माग गर्दै उनले मुद्दा हालेकी हुन् । आफ्नो श्रीमान अली मैजिनारीको लिंग धेरै ठुलो भएकाले आफूले सम्बन्ध विच्छेद गर्न चाहेको महिलाको भनाइ छ। उनले रिटमा भनेकी छन्–हामीले शारीरिक सम्बन्ध कायम ग¥यौ, तर यो अनुभव कुनै खराब सपमनाजस्तो सावित भयो ।woman-omg-face-fb

मेल अनलाइनमा प्रकाशित समाचारअनुसार स्थानीय संचार माध्यमले आयशा एक गृहिणी महिला हुन् । उनका तीन सन्तान छन् । उनले एक साताअघि मात्र गरेको दोस्रो विवाह बदर गर्न माग गर्दै उनले नाइजेरियाको जम्फारा स्टेटस्थित एक इस्लामिक शरिया अदालतमा मुद्दा हालेकी हुन् । अदालतले पनि उनीहरुको विवाह बदर गर्न आदेश दिएको छ। महिलाले अदालतमा आफूले मैजिनारीसँग पहिलो विवाह असफल भएकाले विवाह गरेको बताएकी छन् ।

स्थानीय परम्पराअनुसार विवाहपछि आफ्नो श्रीमानको घर जानुअघि श्रीमतीलाई बेहुलाको आमाबाबुको घर आमन्त्रित गरिन् । तर जब उनीहरुले सेक्स गरे तब आयशाले आफूलाई पीडा भएको बताइन् । नाइजेरिया ट्रिब्युनका अनुसार उनले अदालतमा भनिन्–जब उनी आए तब हामीले सेक्स ग¥यौ, तर यो कुनै खराब सपना जस्तो थियो । सेक्सको आनन्द लिनुको सट्टा यो अरु नै सावित भयो । किनभने उनको लिंग धेरै ठुलो थियो । पहिलोपटक सेक्समा असफल भएपछि आयशाले औषधि सेवन गरिन् ।

जुन उनकी आमाले दिएकी थिइन् । नाइजेरियन मिडियाका अनुसार उनले यो अनुभवका बारेमा आमालाई बताएकी थिइन् । उनकी आमाले केही समयपछि यो कष्ट हराउने बताएकी थिइन् । त्यसपछि पनि उनीहरुले सेक्स गरे । तर यो पनि आयशाका लागि असहनीय सावित भयो । त्यसैले दुवैले अब कुनै पनि औषधिले आफ्नो वैवाहिक जीवन बचाउन नसक्ने निष्कर्ष निकाले ।

तैपनि मैजिनारीले यो आरोप अस्वीकार गरेनन् । बरु उनले दाइजो र विवाहमा भएको खर्च फिर्ता पाए सम्बन्ध विच्छेद गर्न तयार रहेको बताए। जम्फारा नाइजेरियाको उत्तर पश्चिममा स्थित राज्य हो । यो राजधानी लागोसबाट ५०० किलोमिटरको दूरीमा पर्दछ । नाइजेरियाको यो पहिलो यस्तो राज्य हो जहाँ शरिया कानुन लागु गरिएको छ। एक रिपोर्टअनुसार वैज्ञानिकहरुले शिथिल अवस्थामा लिंगको औषत लम्बाई ३.६ इन् ( ९.१६ सेमी) हुने गर्दछ ।

यो अध्ययनले लिंगको औसत मोटाईको मामिलामा पनि पुरुषलाई राहत दिएको छ। नयाँ अध्ययन अनुसार सामान्यतः उत्तेजित अवस्थामा लिंगको मोटाई ४.६ इन्च( ११.६६ सेमी) र शिथिल लिंगको मोटाई ३.७ इन्च (९.३१ सेमी हुने गर्दछ । तर, मैजिनारीको बारेमा भने केही स्पष्ट भएको छैन । एजेन्सी

यसमा तपाईको प्रतिक्रिया