पहिलो महिला सगरमाथा आरोही जुनको तावेईको निधन

KONICA MINOLTA DIGITAL CAMERA

पहिलो महिला सगरमाथा आरोही जापानी नागरिक जुनको तावेईको ७७ वर्षको उमेरमा शनिवार जापानमा मुत्यु भएको छ ।

जापानी संचारमाध्यम यो उमुरी सिन्वुनका अनुसार क्यान्सर रोगबाट पीडित तावेईको मृत्यु भएको जनाएको हो । चार वर्षअघिबाट क्यान्सर रोगबाट प्रभावित तावेईलाई उपचारका लागि विहीवार विहान साईतामा राज्यको क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो ।

भर्ना पश्चात उनको मृत्यु भएपछि उनको शवलार्इ विहीवार नै दाहस‌स्कार गरिएको परिवार स्रोतले जानकारी दिएको समाचारमा जनार्इएको छ। सन १९७५मा तावेईले सगरमाथाको सफल आरोहण गरेर किर्तिमानी राखेकी थिईन ।

को हुन जुनको तावेई ?

जापानको फुकुसिमामा जन्मिएकी जापानी नागरिक जुनको तावेई पहिलो महिला सगरमाथा आरोही हुन । उनले सन १९७५ मे १६ तारिकका दिन विश्वको सर्वोच्च सगरमाथाको चुचुरोमा पाईला टेकेकी थिईन ।

सन १९६९मा महिला शिखर आरोहीहरुको संस्था लेडिज क्लाईम्विङ्ग क्लव गठन गरेकी थिईन । सोवा उमन्स विश्वविद्यालयमा अंग्रेजी विषयमा उच्च शिक्षा हासिल गरेकी तावेई दुई सन्तानकी आमा रहेकी थिईन ।

१० वर्षको उमेरमा विद्यालयका शिक्षकसंग माउन्ट नासु नामक शिखर चढेपछि उनमा हिमाल चढने शौख जागेको थियो । विश्वका सातै महादेशका अग्ला हिमाल  चढेकी पहिलो महिला तावेई हाल हिमालयन एडभेन्चर ट्रस्ट अफ जापानकी निर्देशकका रुपमा कार्यरत थिईन ।

उनले तत्कालिन नेपाली राजा विरेन्द्रबाट गोर्खा दक्षिण वाहु पदक समेत प्राप्त गरेकी थिईन ।

यसमा तपाईको प्रतिक्रिया