तीन महिनाअगावै भविष्यवाणी गरेका ज्योतिष भन्छन्, ‘लोकमानजी त गए !’

काठमाडौं, ६ कात्तिक । चर्चित ज्योतिष डा. सुनिल सिटौलाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई यो संकटबाट उत्रिन निकै गाह्रो रहेको बताएका छन् ।

उनले यसप्रकारको भविष्यवाणी आजभन्दा तीन महिनाअघि नै गरेका थिए ।

यस्तो छ सिटौलाले तीन महिना अघि गरेको ट्वीट

lokmaanगत साउन १५ गते ट्वीटरमा उनले लेखेका थिए, ‘लोकमान कार्कीजीको पनि संकटा दशा चलेका रेछ । राज्यपक्षबाट संकट नआउला भन्न सकिँदैन । हामीले पढ्ने पुस्तकमा त, ‘दशा संकटा संकटम् राजपक्षात्’ लेखेको छ ।’

अख्तियार प्रमुख लोकमानसिंह कार्की
अख्तियार प्रमुख लोकमानसिंह कार्की

नभन्दै उनले भविष्यवाणी गरेको केही महिना नबित्दै प्रमुख सत्तारुढ दलका सांसदहरुको समेत हस्ताक्षरमा लोकमानविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ (माओवादी केन्द्र) का ५० र प्रतिपक्षी एमालेका १०७ गरी १५७ सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

ज्योतिष सिटौला भन्छन्, ‘वर्तमान समयमा लोकमानजीको संकटाभित्र पनि भ्रामरीको अन्तर चल्दैछ । यस्तो अवस्थामा राज्यबाट पनि भ्रष्ट हुनसक्ने र शत्रुले चौतर्फि घेर्ने हुन्छ भन्ने शास्त्रमा लेखिएको छ ।’

नभन्दै राज्यमात्र नभएर सिंगो मुलुक अहिले लोकमानको विरोधमा छन् ।

‘यस्तो अवस्थामा आफू कमजोर र विपक्षी बलियो हुने भएकाले मुद्दा मामिलामा पछाडि पर्ने तथा पराजित हुने अवस्था हुन्छ,’ उनी भन्छन् ।

यसमा तपाईको प्रतिक्रिया