प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र देउवाको कुरा मिल्यो, अब जाने नै भए लोकमान

deuba-dahal-dosti-new.jpg

७ कात्तिक– अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावबारे साझा धारणा बनाउन सत्तारुढ माओवादी केन्द्र र कांग्रेस छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल भएको छ ।

सत्तासाझेदार दलहरुको साझा धारणा बनाएर महाअभियोग प्रस्तावलाई अगाडि बढाउने विषयमा केन्द्रित रही छलफल भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले बताए ।

‘संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावबारे सत्तारुढ दलबीच साझा धारणा बनाएर जाने विषयमा प्रधानमन्त्री र कांग्रेस सभापति देउवाबीच छलफल भयो,’ उनले भने, ‘केही दिनभित्रै कांग्रेससहितका सत्ता गठबन्धन दलको एउटै मत बनाउने प्रयास हुनेछ ।’

नयाँ पत्रिकाबाट

यसमा तपाईको प्रतिक्रिया