लोकमान महाअभियोगबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल नै भएको छैन, ११ बजेको बैंठक नहुन सक्छ’

deuwa-prachanda6

‘प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ सँग अहिलेसम्म अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने बारे छलफल नै भएको छैंन ।’

हिजो प्रधानमन्त्रीसँग बालुवाटार भेटमा पनि महाभियोगबारे हैन, अरु नै विषयमा कुराकानी भएको हो ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग कुरा गर्नेे विषयमा कुरै गरेका छैंनन् ।
‘यस्ता विषयमा व्यक्तिगत धारणा बनाउनु उचित हुदैन । मेरा धारणा मसँगै सुरक्षित छन्,‘ देउवाले भने, ’संसदीय दलको बैठक बसेकै छैन, केन्द्रीय समितिको बैठक जारी छ । बैठकबाट संस्थागत धारणा बनाउँछु ।’

अहिलेसम्म महाभियोग प्रस्तावबारे सत्ता साझेदार दलसँग कुनै कुराकानी नै भएको छैंन । बिहान ११ बजेको संसद बैठक ढिला सुरु हुन वा सर्न पनि सक्छ कुनै टुङगो छैन ।

यसमा तपाईको प्रतिक्रिया