संसदमा पुग्यो लोकमानविरुद्धको महाअभियोग प्रस्ताव, मंगलबारदेखि छलफल हुने

samsad-aaja

काठमाडौं, ७ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा कात्तिक ९ गते मंगलबारदेखि छलफल हुने तय भएको छ ।

आइतबार बसेको व्यवस्थापिका संसदको बैठकमा सभामुख ओनसरी घर्तीमगरले महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी दिँदै त्यसमाथि कात्तिक ९ गते मंगलबारबाट छलफल सुरु गर्ने घोषणा गरिन् ।

लोकमानविरुद्ध सत्तारुढ दल माओवादी केन्द्र र प्रमुख विपक्षी एमालेका १५७ सांसदले बुधबार अपराह्न संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । जसमा कांग्रेसले समर्थन गरे संसदको दुई तिहाई मतबाट लोकमान स्वतः पदमुक्त हुनेछन् ।

यसमा तपाईको प्रतिक्रिया