अन्तत: प्रधानमन्त्री प्रचन्डले गरे ‘बोल्ड’ निर्णय, महाअभियोगको पक्षमा उभिन माओबादी सांसदहरुलाई ह्विप जारी

prachand-ko-whipकाठमाडौं, ७ कात्तिक – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावको पक्षमा उभिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।

आज संसदीय दलको बैठकमा बोल्दै दाहालले कांग्रेससँग समेत छलफल गरेर महाअभियोग प्रस्ताव पारित गर्ने जानकारी दिए । माओवादी केन्द्रले आफ्ना सांसदलाई यो प्रक्रिया  निर्णयमा नपुगेसम्म संसदका सबै प्रक्रियामा सक्रिय सहभागिता जनाउन निर्देशन पनि दिएको छ ।

यसमा तपाईको प्रतिक्रिया