“पार्टीले जे सुकै निर्णय गरोस तर म प्रचण्ड बिरुद्द गयर नया सरकारको नेतृत्व गर्दिन”- बामदेव गौतम

७ मंसिर,बुटवल । नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतमले प्रचण्ड नेतृत्वको सरकारको बिरुद्धमा गएर आफुले सरकारको नेतृत्व नगर्ने बताएका छन् । प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष गौतमले पार्टीले भनेपनि आफु प्रचण्ड नेतृत्वको सरकार गिराएर सरकारको नेतृत्वमा नजाने बताए । prachanda-bamdev

उनले अख्तीयार प्रमुख लोकमान सिंह कार्की बिरुद्ध महाअभियोग एमालेबाट नआएको भन्दै माओबादी केन्द्रबाट आएको महाअभियोगमा एमालेले सघाएको स्पष्ट पार्नुभयो । अख्तीयार प्रमुखबाट लगातार अराजनितीक गतिबीधी गरेकाले महाअभियोग लगाउनु परेको उनको भनाई छ ।

पहाडबाट सिंङ्गो तराई टुक्राउने गरि संबिधान संशोधनको प्रस्ताव आउन लागेको बताउंदै उपाध्यक्ष गौतमले मधेसलाई पहाडबाट अलग्याउने एजेण्डा नेपालीको हुनै नसक्ने ठोकुवा गरे । भारतको योजनामा ल्याईएको योजनामा मधेसबादीदलको समर्थन रहेको उनको आरोप थियो ।

पत्रकारहरुको प्रश्नको जवाफ दिंदै गौतमले आफुले प्रचण्डलाईनै सरकारको नेतृत्व दिनुपर्छ भन्दा पार्टी अध्यक्ष केपी ओली नमानेको स्पष्ट पारे ।
एमाले रुपन्देहीको ८ औ अधिवेशनको उदघाटन गर्न उपाध्यक्ष गौतम बुटवल पुगेका हुन् ।

यसमा तपाईको प्रतिक्रिया