लोकमानलाई काँध नथाप्ने कांग्रेसको संकेत: जनमत भन्दा बाहिर गयर निर्णय गर्दैनौ- देउवा

काठमाडौं, ७ कात्तिक-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावका बारेमा जनमत अनुसार पार्टीले  निर्णय गर्ने बताएका छन् ।deuwa-latest

महाअभियोग पारित गर्न दबाब दिन पुगेका संयुक्त विद्यार्थी संगठनका प्रतिनिधिसँग सभापति देउवाले महाअभियोगबारे आफ्नो व्यक्तिगत धारणा भन्दापनि पार्टी र संसदीय दलको निर्णयले अघि बढ्ने धारणा राखेका छन् ।

उनले जनमत अनुसार नै पार्टीले निर्णय गर्ने पनि बताए । विद्यार्थी संगठनले महाअभियोग पारित गर्न दबाब स्वरुप आइतबार दिउँसो २ बजे काठमाडौंको माइतीघरबाट बानेश्वरसम्म र्‍याली निकाल्दैछन् । सांसदलाई ध्यानाकर्षण गर्न र्‍याली निकाल्न लागिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताए ।

यसमा तपाईको प्रतिक्रिया