“लोकमान लाई काँध थाप्ने कांग्रेसी हो याद राख लोकमान संगै तिमीहरु पनि सक्किनेछौ”(हेर्नुहोस भिडियो सहित)

काठमाडौं । नेपाल कसैको उपनिवेश होइन । भ्रष्टलाई यहाँ राखेर नेपाललाई चाकडी गराउन खोजिन्छ भने त्यो हामीलाई मान्य हुनै सक्दैन ।

ढिलै भएपनि एमाले र माओवादीले लोकमानतन्त्रको अन्त्यका लागि महाअभियोग प्रस्ताव दर्ता गरेकाछन । यो स्वागतयोग्य कदम हो ।

अहिलेको परिवेशलाई मूल्यांकन गर्दा अख्तियार प्रमुख लोकमानले संविधानभन्दा माथि बसेर काम गरेको देखिन्छ अर्थात सिंगो देश नै लोकमाले चलाएको जस्तो । पुष्पकमल दाहाल प्रचण्ड त देखावटी प्रधानमन्त्री मात्र । पुष्पकमललाई पनि चलाउने त लोकमान पो रहेछन ।

महाअभियोगको पक्षमा दह्रोसँग उभिन प्रधानमन्त्रीजीसँग आग्रह गर्दछु । मेरो आग्रह छ ‘प्रचण्डजी खुट्टा नकमाउनुस् । प्रधानमन्त्रीको पद भन्दा  जनताको प्रिय प्रतिनिधि हुनु ठूलो कुरा हो ।’

सबैभन्दा दुःखद कुरा आफूलाई देशको सबैभन्दा लोकतान्त्रिक भन्ने कांग्रेसले लोकमानतन्त्रको प्रार्थना गरिरहेको छ । कांग्रेसका धेरै सांसद लोकमानतन्त्र अन्त्य गर्ने पक्षमा उत्रिनेमा म विश्वस्थ छु । यद्यपि कांग्रेसका केही प्रभावशली नेता लोकमानको पक्षमा छन । उनीहरु लोकमानसँगै सकिनेछन ।

(लोकमान)लाई त निकालेर छाडिन्छ,कांग्रेसलाई मेरो चेतावनी छ, यदि (निर्णय गर्न) ढिलो गरे भने लोकमानसँगै जानुपर्छ ।’

भारतीयहरुमा अझै पनि उपनिवेशको मानसिकता छ । नेपाल कसैको उपनिवेश होइन । भ्रष्टलाई यहाँ राखेर नेपाललाई चाकडी गराउन खोज्छ भने हुन सक्दैन । लोकमानलाई इण्डिया लिएर जाओस् ।’

यसमा तपाईको प्रतिक्रिया