लोकमान प्रकरणले कांग्रेसमा आयो भूकम्प: विभाजनको संघारमा पुगेको कांग्रेसले के गर्ला अब?

७ कात्तिक, काठमाडौं । नेपाली राजनीतिमा भूकम्प ल्याएको अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावका पराकम्पकाबीच नेपाली कांग्रेस यस विषयमा अझै पनि अनिर्णित छ ।

प्रमुख सत्तारुढ दल मध्ये नेकपा माओवादी केन्द्र विपक्षी दल एमालेको साथ लिएर महाअभियोगको पक्षमा लागिरहँदा कांग्रेसले अझै पनि औपचारिक निर्णय गरेको छैन ।

congress discussion

२ दिन अघि संसदमा प्रस्तुत हुने भनिएको महाअभियोग प्रस्ताव नाटकीय फेरबदल नआए आज (आईतबार) संसदभित्र औपचारिकरुपमा प्रवेश गर्नेछ । संसदमा महाअभियोगमाथि छलफल हुनै लाग्दा संसदको सबैभन्दा ठूलो दल कांग्रेसको निर्णायक बन्ने देखिन्छ ।

 के गर्ला कांग्रेस?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा जनमतविरुद्ध नजाने स्पष्ट पारेका छन् । महाअभियोग प्रस्ताव तत्काल पारित गराउन दबाव दिन विहान आफ्नै निवास बुढानिलकण्ठ आएका ११ विद्यार्थी संगठनको ज्ञापन–पत्र बुझ्दै सभापति देउवाले पार्टी निर्णय गर्दा जनमतको पनि ख्याल गरिने बताएका हुन् ।

उनले महाअभियोबारे पार्टीको केन्द्रीय समिति बैठकबाट आधिकारिक निर्णय गरिने पनि बताए । कांग्रेस केन्द्रीय समितिको जारी बैठक सोमबार पुनः बस्दैछ । सभापति देउवाले महाअभियोगबारे जनमत बुझ्ने काम पनि भइरहेको बताए । देउवाले यस्तो बताएपनि कांग्रेसले महाअभियोग प्रस्तावको पक्षमा जाने स्पष्ट निर्णय भने स्पष्ट भएको छैन ।

लोकमान मुद्धामाः कांग्रेसमै विभाजनको खतरा
केन्द्रीय समितिको बैठकमा बोल्ने धेरै सदस्यको विचारले कांग्रेसभित्र लोकमानबारे परस्पर विरोधी धारणा रहेको देखिन्छ । महाभियोगमाथि संसदमा छलफल हुँदा केन्द्रीय समितिको जस्तै एकथरि कांग्रेस सांसदहरु लोकमानको पक्षमा उभिने र अर्कोथरि महाभियोगको समर्थन गर्ने अवस्था समेत आउन सक्ने देखिन्छ । यस्तो अवस्था आएमा सत्ता समिकरणमा प्रभाव पर्ने छ भने नेपाली राजनीतिमा समेत प्रभाव पर्ने छ ।

यसैबीच, अनेरास्ववियु, नेविसंघ, अखिल (क्रान्तिकारी)सहितका ११ विद्यार्थी संगठनले कार्कीविरुद्धको खबरदारीका लागि दिउँसो दुई बजे माइतीघरदेखि बानेश्वरसम्म दवाब जुलुस प्रदर्शन गर्ने भएका छन् ।

यसमा तपाईको प्रतिक्रिया