कांग्रेस, एमाले लगायतका ११ बिद्यार्थी संगठनले दिय महाअभियोग पास नगरे आन्दोलन चर्काउने चेतावनी

काठमाडौं, ७ कात्तिक । नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रसहितका ११ विद्यार्थी संगठनले अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह विरुद्धको महाभियोग प्रस्ताव पारित नभएसम्म आन्दोलन चर्काउने घोषणा गरेका छन् ।student-ryally

आइतबार राजधानीको संयुक्त रुपमा सांसदहरुलाई खबरदारी गर्ने उद्देश्यले दबाब र्याली निकालेका उनीहरुले महाभियोग प्रस्ताव पारित नभएसम्म नै आन्दोलन जारी राख्ने भएका छन् ।

संयुक्त विद्यार्थी संगठनले आइतबार दिउँसो माइतीघरदेखि नयाँ वानेश्वरसम्म खवरदारी जुलुस निकालेका थिए । र्यालीपछि बानेश्वरमा आयोजित कोणसभामा विद्यार्थी नेताहरुले महाभियोग प्रस्ताव पारित नभएसम्म आन्दोलन नरोक्ने घोषणा गरे ।

कोणसभामा अनेरास्ववियु अध्यक्ष नविना लामा, अखिल (क्रान्तिकारी)अध्यक्ष नरेन्द्र न्यौपाने, नेविसंघ महामन्त्री कुन्दन काफ्ले, मधेसी विद्यार्थी फोरम अध्यक्ष कप्लेश्वर यादव लगायतको सम्बोधन गरेका थिए ।

यसमा तपाईको प्रतिक्रिया