राजनीतिक चलखेल भय यसरि फिर्ता हुनसक्छ महाअभियोग प्रस्ताब, सभामुख भन्छिन -‘अब राजनीतिक चलखेल सम्भव छैन’

७,कात्तिक,काठमाडौं  । सभामुख ओनसरी घर्तीमगरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरूद्धको महाअभियोग प्रस्ताव अघि बढिसकेकाले दायाबाया हुने ठाउ नरहेको बताएकी छन् ।

आज संसद बैठकपछि आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रस्ताव प्रक्रियाअनुसार अघि बढ्ने बताइन् ।उनले प्रक्रिया अघि बढिसकेकाले राजनीतिक चलखेल हुने कुनै ठाउँ नभएको बताइन् । उनले महाभियोगबारेमा दलहरुबीच साझा धारणा बन्ने विश्वास ब्यक्त गरिन् ।

प्रस्तावकले आफ्नो प्रस्ताव फिर्ता लिएमा मात्रै प्रक्रिया रोकिने अन्यथा प्रक्रिया नरोकिने सभामुख घर्तीले स्पष्ट गरिन् ।

यसमा तपाईको प्रतिक्रिया