नेकपा एमालेका युवा नेता एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले मधेसमै पुगेर दिय चेतावनी: “अब नसुध्रिए ४ बर्षमा मधेसीदल को पतन निश्चित छ”

७ कात्तिक । नेकपा एमालेका युवा नेता एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले मधेसवादी दलहरुले आफनो चरित्र सुधार नगरे अबको चार वर्षमा पतन हुने दावी गर्नुभएको छ ।mahesh-basnet-650x413

मधेसी जनताको अधिकारको नाममा मधेसवादी दलले राज्यको ढुकुटी दुरुपयोग गर्ने, उत्पीडितहरुलाई शासन लाद्ने र दलालको चाकरी गर्ने प्रवृत्ति नत्यागे मधेसका नागरिकले चार वर्ष भित्रमा बझ्ने उहाँले बताउनुभयो ।

युवा संघ नेपाल क्षेत्र न. ५ नवलपरासीको दोस्रो अधिवेशन एवं विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा देवगाव गाविसको पट्खौलीमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै पूर्वमन्त्री बस्नेतले आफूले तीन वर्ष अघि माओवादीको पनि पतन हुने घोषणा गरेको र अहिले माओवादीको हालत पनि त्यस्तै अवस्थामा पुगेको जिकिर गर्नुभयो ।

nabalparasi-yaan

एमाले नेता बस्नेतले मुलुकमा एमाले रहँदासम्म नेपाल विखण्डन नहुने र सामाजिक सदभाव पनि नखलबलिने बताउनुभयो । उहाँले एमाले राष्ट्रिय स्वाभिमानको पक्षमा उभिरहने धारणा राख्नुभयो ।

युवा संघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष समेत रहनुभएका नेता बस्नेतले नेपालको युवा आन्दोलन अब समृद्धिका लागि हुनुपर्ने जोड दिदैँ युवा संघ त्यसको लागि लागिरहेको बताउनुभयो ।

युवा संघ नेपाल क्षेत्र नं. ५ का अध्यक्ष शुसान्त शर्मा घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय महासचिव किरण पौडेल, एमाले प्रदेश नं ५ का सदस्य भगवति भण्डारी, युवा संघका नेपालका केन्द्रीय सचिवालय सदस्य सुवास जिसी, युवा संघ नवलपरासीका सदस्य प्रकाश भट्टराई नगेन्द्र चौधरी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

यसैबीच अधिवेशनले रामबहादुर भण्डारी अध्यक्ष रहने गरि ३३ सदस्यीय क्षेत्रिय कार्य समिति चयन गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया