फोहोर स्टेसनबाट निकालिएको ग्यासबाट तिहारअघि नै बत्ती

bijuli-bati
काठमाडौँ महानगरपालिकाले तिहारअघि नै टेकूस्थित फोहोर स्टेसनबाट निकालिएको ग्यासबाट बत्ती बाल्न सुरु गर्ने भएको छ।  गतवर्ष नमूना परीक्षणका रूपमा दैनिक तीन टन फोहोर जम्मा गर्दै आएको महानगरपालिकाले फोहोरबाट निस्किएको ग्यासबाट बत्ती बाल्न लागिएको हो ।आजको गोरखापत्र दैनिकमा खवर  छापिएको छ।

गएको असारदेखि उक्त ठाउँमा बत्ती बालिने भनिएको भए पनि भारतबाट मेसिनरी सामग्री र प्राविधिक नआएकाले केही ढिला भए पनि आउँदो साता भने प्राविधिक आउने निश्चित भएको महानगरपालिकाले जनाएको छ।  महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले यही साता भारतबाट मेसिन र प्राविधिक आएपछि फोहोरबाट निस्केको ग्यासलाई विद्युत्मा परिणत गरेर बत्ती बाल्ने तयारी गरेको जानकारी गराए।

यसमा तपाईको प्रतिक्रिया