कस्को कारण हुने भयो महाअभियोगमा जाँदा देउवालाई महासंकट ?

काठमाडौं, ८ कात्तिक । लोकमान सिंह काकीलाई लगाइएको महाअभियोग असफल पार्न नेपालका लागि भारतका राजदुत रञ्जित रे भिडेर लागको जाजाहेर भइसकेको छ । उनी किन लागेरु उच्च कुटनीतिक स्रोतका अनुसार यो महाअभियोगको पछाडि उनले चीनको हात देखेका छन् ।
भित्री भेटघाटमा उनले भारतका राष्ट्रपति नेपाल आउनकाट रोक्न चिनियाँ प्रेरणामा महाअभियोगको रचना गरिएको टिप्पणी सुनाएको चर्चा नेताहरुले नै गर्दैछन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जी तिहार लगत्तै – कात्तिक १७ देखि १९ गते सम्म ० नेपाल भ्रमणमा आउँदैछन् । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रद्ध गरिएको काउन्टरमा भारतीय राष्ट्रपतिको भ्रमण पनि रोक्न खेजिएको धारणा कांग्रेस केन्द्रीय समितिमा पनि पुर्याइएको छ ।
आजको साँघु सप्ताहिकमा खबर छ –अहिले चलिरहेका कांग्रेस केन्द्रीय समिति बैठकमा यही धारणा त कसैले राखेका छैनन् तर महअभियोग असफल पार्न नेपाली कांग्रेसका अधिकांस सांसद तथा नेताहरु खुलेर लागेका छन् ।
केन्दीय समितिको बैठकमा विश्वप्रकाश शर्मा, गगन थापा र रत्न शेरचनले मात्र महाअभियोगको समर्थन गरेका छन् । महअभियोगका अर्का समर्थक धनराज गुरुङ हुन , उनले २०७३ कात्तिक ८ गते सोमबार बिहान ८ बजे बस्ने बैठकमा बोल्ने बताइएको छ ।
महाअभियोगको यो प्रकरण पार्टी सभापति शेरबहादुर देउवालाई निल्नु न ओकल्नु भएको छ । महाअभियोगको समर्थन गर्दा भारत रिसाउने मात्र नभएर आफ्नै पद धरापमा पर्ने समेत खतरा उनले देखेका छन् । जानकारहरु भन्छन् –महाअभियोगको समर्थन गरेमा प्रचण्ड पछि प्रधानमन्त्री बन्ने देउवाको सपना चकनाचुर हुनसक्छ ।

यसमा तपाईको प्रतिक्रिया