लोकमानले आठ अर्ब ८० करोड रुपैयाँ विदेश पठाउन निर्देशन दिएको खुलासा

lookman-karki0
काठमाडौं, ८ कात्तिक । संसदीय समितिको निर्देशन र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन विपरित दुई साताअघि अख्तियार प्रमुख लोकमानसिंह कार्कीको दबाबमा राष्ट्र बैंकले एनसेलको लाभांश रकम विदेश लैजान दिएको खुलासा भएको छ ।

स्वीकृति नलिई कम्पनीमा लगानी थप गरेका कारण चार वर्षदेखि रोकिएको ८ अर्ब ८० करोड रूपैयाँ राष्ट्र बैंको एकलौटी निर्णयबाट विदेश लैजान दिइएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

उक्त रकम वेष्ट इन्डिजमा दर्ता रहेको ‘रेनहोल्ड होल्डिङ’ कम्पनीमा ट्रान्सफर भइसकेको राष्ट्र बैंक स्रोतले बतायो ।

कार्कीको निरन्तर दबाबपछि राष्ट्र बैंकका गभर्नर चिरञ्जीबी नेपालले दसैं विदा सकिएको भोलिपल्टै असोज २७ गते उक्त रकम विदेश लैजान दिने निर्णय गरेका हुन् ।

यसमा तपाईको प्रतिक्रिया