महाअभियोगको प्रकृया रोक्न कांग्रेसले गरेको प्रस्ताव सभामुखद्धारा ठाडै अस्विकार

onsari-gharti-magar-750

संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले प्रस्तावका विषयमा के गर्ने भन्ने निर्णय अझै लिइनसकेका कारण प्रक्रिया केही दिन अझै अगाडि नबढाउन सभामुखलाई आग्रह गरेको थियो । तर, सभामुखले कांग्रेसको त्यस्तो प्रस्तावलाई अस्वीकार गर्दै मंगलबारदेखि छलफल गर्ने गरी प्रक्रिया अगाडि बढाएकी थिइन् ।

संसद्मा महाअभियोग प्रस्तावबारे दुई दिनभित्र सैद्धान्तिक छलफल गर्ने र महाअभियोग सिफारिस समितिलाई प्रस्ताव पठाउने तयारी संसद्को छ ।
महाअभियोगबारे कांग्रेसको धारणा आज
दुई दिनसम्म चलेर दुई दिन नै स्थगित भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार फेरि बस्दै छ । संविधान संशोधन, स्थानीय तह पुनर्संरचना, पार्टी संगठनका विषय मुख्य एजेन्डा भए पनि सोमबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथि संसद्मा दर्ता महाअभियोग प्रस्तावबारे मुख्य छलफल हुने भएको छ ।
सबैभन्दा ठूलो दल र सत्तारूढ दललाई थाहै नदिई प्रस्ताव आएको भन्दै अधिकांश असन्तुष्ट छन् । यसअघि दुई दिन चलेको बैठकमा २५ केन्द्रीय सदस्यले धारणा राखेका थिए । अब २७ जनाले बोल्नका लागि नाम लेखाएको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।
गोपालमान श्रेष्ठ, मीन विश्वकर्मा, धनराज गुरुङ, गुरु घिमिरे, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, भीष्मराज आङदेम्बेसहितका नेताले बोल्नका लागि नाम लेखाएका छन् । बैठक बिहान ८ बजेबाट केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । व्यवस्थापिका–संसद्को मंगलबार दिउँसो ३ बजे बस्ने बैठकमा महाअभियोगको प्रस्तावमाथि छलफल सुरु हुने भएकाले त्यसअघि नै धारणा बनाउन कांग्रेसलाई दबाब परेको छ ।
शीर्ष नेता बोल्न बाँकी
सभापति शेरबहादुर देउवाले बैठकको सुरुवात गर्दै गत बुधबार आफ्नो धारणा राखे पनि अन्य शीर्ष नेताले बोल्न बाँकी छ । नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवले पनि बोल्न बाँकी छ ।
कांग्रेसमाथि सबैको नजर
एमाले र माओवादीका एक सय ५७ सांसदले महाअभियोग प्रस्ताव संसद्मा दर्ता गराउ“दा कांग्रेसलाई पत्तो थिएन । त्यसैले आफूस“ग छलफल नै नगरिएको भन्दै उसका नेताहरूले आलोचना गरिरहेका छन् । संसद्मा प्रस्ताव दर्ता भएपछि एमाले र माओवादीले पार्टीगत रूपमै प्रस्तावको पक्षमा मतदान गर्ने औपचारिक धारणा बनाइसकेका छन् ।
यस्तोमा सत्तासीन दल कांग्रेसको आधिकारिक धारणा कस्तो आउँछ भन्ने कौतुहल धेरैमा छ । कांग्रेसको समर्थनविना महाअभियोग प्रस्ताव पारित गर्न आवश्यक दुई तिहाइ मत पुग्दैन । युवा नेताहरूले महाअभियोगको पक्षमा उभिन माग गर्दै आए पनि सभापति देउवाले केन्द्रीय समिति र संसदीय दलको बैठकले निर्णय गर्ने बताउँदै आएका छन् । नयाँ पत्रिका दैनिकबाट

यसमा तपाईको प्रतिक्रिया