“लोकमानलाई काँध थापिरहे लोकमान संगै कांग्रेसको राजनीति पनि समाप्त हुनेछ”- एमाले सचिब योगेश भट्टराइ

फाइल फोटो

फाइल फोटो

एमाले सचिव योगेश भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको पक्षमा लागे नेपाली काँग्रेसको राजनीति समाप्त हुने दाबी गरेका छन् ।
आज बिहान दमौलीमा आयोजित एमालेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा भट्टराईले यस्तो दावी गरेका हुन् ।

काँग्रेसले महाअभियोगको पक्षमा निर्णय लिने संकेत गरेको जानकारी आइसकेपनि निर्णय नभएसम्म आग्रह गरिरहने उनले बताए ।

उनले अख्तियार प्रमुख कार्कीलाइ महाअभियोग पारित हुनुअघि राजिनामा दिन पनि सुझाए । उनले कार्कीमाथि अख्तियारले पनि छानविन गर्नुपर्ने धारणा राखेका थिए ।  उनले औचित्य पुष्टी भएमा मात्र संविधान संशोधन गर्न सकिने भन्दै आन्दोलनरत मधेसीको एकतर्फी चाहनाले संविधान फेर्न नसकिने टिप्पणी समेत गरे । एमालेले दशै, तिहार, छड र बकरइद समेतको संयुक्त शुभकामना कार्यक्रम राखेको थियो ।

यसमा तपाईको प्रतिक्रिया