बढ्दैछ कांग्रेसको मौनता: लोकमान बारे निर्णय गर्न कांग्रसलाई अझै १ महिना लाग्ने

८,कात्तिक,काठमाडौं  । तपाईलाई विश्वास नलाग्न सक्छ । लोकमानसिहं कार्कीको संसदमा पेश भएको अविश्वास प्रस्तावको वारेमा निर्णय गर्न काँग्रेसलाई १ महिना लाग्ने भएको छ । त्यसैपनि काँग्रेसभित्र लोकमानको पक्ष र विपक्षमा चकाचर्की नै छ ।
congress-meet
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको स्थगित बैठक सोमवारदेखि पुनः शुरु भएको छ । विहीबारदेखि शुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठक दुई दिन बसेर स्थगित गरिएको थियो ।

महाधिवेशन भएको एक वर्ष हुन लाग्दा पनि पदाधिकारीसमेत चयन गर्न नसकेको कांग्रेसले पार्टी तथा सरकारको कामकारबाहीबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइए पनि बैठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोगमा केन्द्रित छ ।
पार्टीको अन्य एजेण्डामा कुनै छलफल नै हुन नसकेको कांग्रेस बैठकमा धारणा राखेका कांग्रेस नेताहरुले भने लोकमानको विषयलाई मात्रै छलफलको विषय बनाएका छन् ।

वैठकमा नेताहरुले राखेको धारणाका आधारमा अन्य प्रमुख दलका नेताहरुसँग छलफल गर्न भन्दै दुई दिन बैठक स्थगित गरिए पनि औपचारिक रुपमा अन्य दलका नेताहरुसँग कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल गरेका छैनन् । लोकमान प्रकरणमा प्रमुख प्रतिपक्ष दल एमालेले नेतृत्व लिएका कारण संकटमा परेको कांग्रेसले तत्काल केन्द्रीय समिति बैठकबाट कुनै निर्णय नगर्ने भएको छ ।

महाभियोगको प्रस्ताव सदनमा छलफल भई महाभियोग सिफारिस समितिले प्रस्ताव तयार गर्न मात्रै एक महिना लाग्ने भएकाले कांग्रेसले पनि तत्काल निर्णय नगर्ने बताइएको छ  । लोकमानको विकल्पमा आफू इतरका अर्का ब्यक्तिमा सहमति जुटाउने प्रयत्नमा कांग्रेस लाग्ने देखिएको छ ।

कांग्रेसले मधेसवादी दलहरुसँगको छलफल तथा अन्य शक्ति निकायसँगको परामर्शपछि मात्रै निर्णय गर्नेछ । कांग्रेस सभापति देउवाले कांग्रेसले विधिका पक्षमा रहने भन्दै यो विषयमा तत्काल निर्णय नदिने संकेत दिइसकेका छन् ।

यसमा तपाईको प्रतिक्रिया