चीन र भारत बीच सांकेतिक युद्द शुरु भएको भारतीय मिडियाको दाबि: भारत माथि चीनले गर्यो ग्रास ह्यापर्स आक्रमण

पाकिस्तान र भारतबीच युद्धको भाषा आदान प्रदान भैरहेको समयमा चीनले भारतमाथि प्रविधिजन्य सांकेतिक आक्रमण गरेको आरोप भारतीय मिडियाले लगाएका छन् । चीनले जम्मु कश्मिरमा ग्रास ह्यापर्सले आक्रमण गरेको भारतीय मिडियाको दावी छ ।

चिनियाँ ग्रास ह्यापर्सको आक्रमणबाट भारतीय किशानको बालीमा असर गर्ने र समय अघि पाकेको बालीमा किरा लाग्ने समस्या हुने समाचारमा जनाइएको छ ।

 चीनले ग्रास ह्यापर्स पठाएर भारतमाथि सांकेतिक युद्ध शुरुवात गरेको आरोप समेत भारतीय सञ्चार माध्यमले लगाएका छन् ।

भारतीय बैज्ञानिकहरुलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाए अनुसार जम्मु कश्मिर क्षेत्रमा वालि नष्ट हुनुमा चाइनिज ह्यापर्स प्रमुख कारण रहेको समेत बताइएको छ ।

यसमा तपाईको प्रतिक्रिया