महाअभियोगमा साथ् नदिय कांग्रेस-माओ गठबन्धन टुटाईदिने ओलीको चेतावनिपछी देउवाको जवाफ “भाषण नगर्नूस्, चुप बस्नूस्, लोकमानलाई हटाउने नै हो”

८ कात्तिक । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद संसद्मा दर्ता गरेको महाअभियोग प्रस्तावका बारेमा निर्णयमा पुग्न नसकिरहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी पनि प्रस्तावकै पक्षमा उभिने स्पष्ट पारेका छन् ।

स्रोतका अनुसार, आइतबार विहान एमाले नेतृत्वसँग भएको कुराकानीका क्रममा देउवाले उक्त कुरा स्पष्ट पारेका हुन् । देउवाको भनाइ उद्यृत गर्दै स्रोतले भन्यो, ‘मेरो पार्टीमा छलफल भइरहेको छ । साथीहरुले बोलिरहेका छन् । सबैका कुरा सुन्नका लागि मैले बैठक लम्ब्याइरहेको छु । तर, अन्तिममा लोकमानसिंह कार्कीलाई हटाउने पक्षमा निर्णय हुन्छ, ढुक्क हुनुहोस् ।’ साथै, देउवाले एमाले नेतृत्वलाई कार्कीका बारेमा धेरै भाषण नगर्न पनि सुझाव दिएका थिए । उनले भने, ‘भाषण नगर्नूस्, चुप बस्नूस्, हटाउन चाहिँ हटाउने हो ।’

आइतबार सभापति देउवासँग एमाले अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधवकुमार नेपालले छुटाछ्ट्टै कुराकानी गरेका थिए । उनीसँगको कुराकानीपछि बसेर समीक्षा गरेका एमाले नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आश्वस्त पार्नका लागि अध्यक्ष ओलीले भेटेर कुरा गर्ने तय गरेका थिए । त्यही अनुसार, प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच कुराकानी भएको थियो ।

दाहाल र देउवा एक अर्काप्रति सशंकित !

प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच एकअर्काप्रति शंका देखिएका कारण कांग्रेसले तत्काल निर्णय गर्न सकिरहेको छैन । दुबै नेतासँग भेट भएको स्रोतले भन्यो, ‘यही निहुँमा एमाओवादीले आफूसँगको सम्बन्ध तोडेर एमालेसँग जान्छ कि भन्ने शंका देउवालाई रहेछ । अहिले सत्ता समीकरणको कुनै सम्भावना र चाहना छैन भनेर उहाँलाई स्पष्ट पारिएको छ ।’

‘महाअभियोगमा साथ दिनुभएन भने कांग्रेस र माओवादीको गठबन्धन टुट्छ, पुष्पकमल दाहाललाई एमालेले तत्कालै समर्थन गरिदिन्छ ।’

महाअभियोग पारित भएमा एमाले र माओवादी एक ठाउँमा आउँछन् भन्ने तर्क सुनाउँदै विमलेन्द्र निधी, शेखर कोइराला, रामशरण महत, मीनेन्द्र रिजाल, नारायण खड्कालगायतले देउवालाई तर्साइरहेकोमा उनलाई प्रस्ट सुनाइएको छ– ‘महाअभियोगमा साथ दिनुभएन भने कांग्रेस र माओवादीको गठबन्धन टुट्छ, पुष्पकमल दाहाललाई एमालेले तत्कालै समर्थन गरिदिन्छ ।’ त्यसपछि देउवा महाअभभियोगको पक्षमा आउन तयार देखिएको छ ।

यसमा तपाईको प्रतिक्रिया