भारतलाई “कुकुर”को संज्ञा दिदै चीनले भन्यो -‘भुक्न मात्र जानेको छ अरु केहि छैन’

काठमाडौं, ८ कात्तिक । चीनले भारतलाई ‘कुत्ता’को संज्ञा दिँदै भुक्ने काम मात्रै गरिरहेको आरोप लगाएको छ ।

चीनको सरकारी मीडियाले भारतीय सोशल मीडियामा चिनियाँ उत्पादनको बहिष्कारको आह्वान मात्र मानिसहरुको भावनाहरुलाई भड्काउने गरिएको अफवाफ भएको आरोप लगाएको हो । उसले अगाडि भनेको छ किनकि वास्तविकता यो हो कि भारतीय उत्पादन चिनियाँ उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्दैन् ।

चिनियाँ सरकारको स्वामित्वमा रहेको ‘ग्लोबल टाइम्स’ले आफ्नो सम्पादकीयमा भनेका छ- भारत मात्र ‘भुक्न’ सक्छ, र दुई देशबीच बीच लगातार बढिरहेको व्यापार घाटा कम गर्नमा केही गर्न सक्दैन् ।

चीनले लगातार पाकिस्तानलाई साथ दिएको भन्दै भातमा चिनियाँ समान बहिष्कार अभियान चलिरहेका बेला ग्लोबल टाइम्सले चिनियाँ सरकारका तर्फबाट भारतलाई कडा जवाफ दिएको हो ।

सरकारी पत्रिकाले चिनियाँ कम्पनीहरुलाई पनि सचेत गराउँदै भारतमा लगानी नगर भनेको छ किनकि यस्तो देशमा पैसा लगाउनु ‘आत्महत्या’ गर्नजस्तै हो, जहां भ्रष्टाचार धेरै छ र कामअनुसारको मेहनत छैन् । चिनियाँ उत्पादन बहिष्कार मात्र जनताको भावना भड्काउन गरिएको भन्दै धेरै कारणले भारतीय उत्पादनले चिनियाँ उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्दैन् भनेको छ ।

यसमा तपाईको प्रतिक्रिया