प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड : सरकारमाथि आइलाग्यो अर्को आपत

sad-dahal
कात्तीक ९ नेपाल सद्भावना पार्टीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने निष्कर्ष निकाल्दै मोर्चालाई फिर्ताको निर्णय गर्न अपिल गरेको छ ।

रौतहटको गौरुमा तीन दिनदेखि जारी संघीय कार्यसमितिको विस्तारित बैठकबाट सद्भावनाले यस्तो निष्कर्षसहित फिर्ताको अपिल गरेको प्रवक्ता डिम्पलकुमारी झाले बताएको आजको राजधानी दैनिकमा समाचार छ ।

यसमा तपाईको प्रतिक्रिया