लोकमान सिंह कार्कीलाई तह लगाउने यी हुन् ‘खतराका खेलाडी’

om-prakash
कात्तिक ९, काठमाडौं । पश्चिम नेपालको दुर्गम पहाडी गाउँबाट राजधानी काठमाडौंमा संगीत अध्ययनको तिर्सना बोकेर आएका उनलाई नियतीले अर्के बाटोमा हिँडायो । त्यही यात्राक्रममा संगीतका सरेगमभन्दा संविधानका अक्षर र भावना केलाउँदै यहाँका कथित कुलिनहरुका कानमा खतराको घण्टी भने बनाइरहेको छन् उनले ।

गुल्मीको अमरपुरमा ४० वर्षअघि जन्मेका ओमप्रकाश अर्यालको पहिरनमा सामान्य नेपालीको भन्दा एउटा बढी हुन्छ कालो कोट । पछिल्लो समयका समाचारमा सम्भवत धेरै पटक लेखिएको उनको नाम मात्र होइन अनुहार पनि राजधानीको सडकका लागि बिरानो नै छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिं कार्कीको नियुक्ति कानुन सम्मत छैन भनेर यिनैले सर्वोच्च अदालतमा लडिरहेको मुद्दामा अहिले सर्वत्र चासो छ । एकपटक फैसला भइसकेको कार्कीको नियुक्ति सम्बन्धी विवादलाई फेरि अदालतमा पुनरावलोकनका निम्ति उनैले पुर्याएका हुन् । तर, त्यो बाटो त्यति सजिलो थिएन ।

मुलुकका सर्वशक्तिमान पात्र कार्की बिरुद्ध अदालत जाने त के सार्वजनिक स्थानमा बसेर विरोध गर्ने सोच्दा पनि कतिपयको मुटु फुट्छ । ६०१ सदस्यीय संसदमा उनीविरुद्ध महाभियोग लगाउने प्रयास हुँदा तीनजना सांसदको सिला खोज्न समेत धौधौ पर्ने बेलामा उनी भने सडकमा उसैगरि हिँडिरहेका थिए जसरी उनी पहिलोचोटि काठमाडौं आएका थिए ।

२०५० सालमा गाउँकै स्कुलबाट एसएलसी गरिसकेपछि उनी थप अध्ययनका लािग राजधानी पसेका हुन् । उनले रोजेको विषय संगीत र अंग्रेजी थियो ।

– नागरिक दैनिकबाट

यसमा तपाईको प्रतिक्रिया