चर्कियो सत्ता परिवर्तनको खेल: बल कांग्रेसको हातमा गोल नगरे प्रचण्ड नै प्रधानमन्त्री तर एमालेको समर्थनमा !

काठमाण्डौं । लोकमान प्रकरणले मुलुकको राजनीति निकै तातेको छ । काँग्रेस लोकमानको विषयमा अनिर्णित हुदाँ पानी बाराबारको अवस्थामा रहेका २ दल नाटकिय रुपमा नजिकिएका छन् ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डविच वढेको दुरी लोकमान प्रकरणले नजिक बनाइदिएको छ । कतिपयले यसलाई स्वभाविक मानेका छन भने कतिपयले अस्वभाविक ।

खासमा भारतीय डिआइजनमा लोकमानले प्रचण्ड र ओली दुवैलाई अकुत सम्पती कमाएको आरोप लगाउदै जेल हाल्ने योजना बनाएका थिए । जुन योजना सुरुमा ओलीले चाल पाए र राजनीतिक समिकरण एकाएक बदलीएको छ । ओली सरकार विगठनपछि प्रधानमन्त्री बनेका प्रचण्डविच पछिल्लो समय देखभेट नै थिएनन् । यहाँसम्मकी ओलीले प्रचण्ड सहभागि कार्यक्रममा सहभागि नहुने संकेत कयौपटक गरेका थिए । तर आफैले पालेका लोकमानले जब आफैलाई डस्ने खतरा दुवै कम्युनिष्ट नेताले देखे उनीहरु एक ठाउमा उभिए ।


यसले राजनीतिक समिकरणले फेरबदल आए आश्चार्य मान्नुपर्ने छैन् । किनकी लोकमानको पक्षमा मत हाल्ने कि विपक्षमा काँग्रेसमा ठुलो विवाद छ । काँग्रेसभित्र भारतीय लाइनको वकालत गर्ने शेखर कोइरला,खुमबहादु खड्का लगायतका नेताहरु लोकममनको पक्षमा उभिएका छन् । त्यसमाथी काँग्रेस सभापति देउवाको मौनता सबैभन्दा खतरनाक छ । उनले अहिलेसम्म प्रष्ट रुपमा कुनै कुरा बोलेका छैनन् । यसविचमा उनको भारत भ्रमणको मिति समेत तय भइसकेको छ । सबै विधि र प्रक्रिया अपनाउदाँ लोकमान महाअभियोगमा कम्तीमा १ महीना लाग्नेछ ।

देउवा धर्मसंकटमा

आफ्नै सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्डले आफूलाई मनाउनु अघी नै ओलीसँग साँठगाँठ गरेर लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने अनपेक्षित निर्णयसंगै देउवा संकटमा छन् ।

अब देउवा यस्तो मोडमा छन,जहाँबाट उनलाई पछाडी फर्किदा पनि खतरा र अगाडी वढ्दा पनि खतरा छ । काँग्रेस खासमा लोकमान प्रकरणमा भारतसंगको सम्बन्ध नबिग्रीयोस भन्ने चाहान्छ ।

त्यसैले पनि उ हतारमा निर्णय गर्ने पक्षमा देखिदैन् । तर सुरुमा देउवाले ग्रिन सिग्नल दिएपछि नै प्रचण्ड र ओलीले यो प्रस्ताव अघि बढाएको बताइन्छ । लोकमानको मुद्धामा आफ्नै गुट भित्रको विभाजन र पार्टी भित्र रहेका गुट उपगुटका तात्कालीन रणनीतिका कारण देउवालाई सकस छ ।

ओलीको देउवालाई चेतावनी
आइतबार साझ प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले देउवासँग छुट्टा छुट्टै भेटेर लोकमानविरुद्धको महाअभियोगबारे गोप्य छलफल गरेका थिए । सो गोप्य भेट वान टु वान भएको थियो ।

देउवाले प्रधानमन्त्री प्रचण्ड र आफ्ना पार्टीका नेताहरुसंग अस्पष्ट कुरा गरेपछि ओली आफै उनलाई भेट्न पुगेका थिए । सो भेटमा पार्टीको आधिकारीक धारणा नबनाएको अवस्थामा आफुले केहि नभन्ने देउवाको प्रतिक्रियापछि ओली देउवाविच केही तितो व्यावहार समेत भयो । त्यही भेटमा ओलीले महाअभियोग प्रस्तावमा आफूहरुलाई साथ नदिए सत्ता समिकरण भंग हुने र प्रधानमन्त्री प्रचण्डलाई एमालेले साथ दिने चेतावनी दिएका थिए ।

ओलीले अख्तियारले एमालेका केही नेताको राजनीति समाप्त पार्ने गरी प्रतिशोधात्मक कदम चाल्न लाग्दा पनि कांग्रेस रमिते बन्न खोजेको भन्दै आक्रोश समेत पोखेका थिए ।

एमाले र माओवादी केन्द्रका सांसदले महाअभियोग प्रस्ताव गर्दा गराएपनि कांग्रेस सांसदहरुको हस्ताक्षर छैन । लोकमान माथीको महाअभियोग पास गर्न दुई तिहाइ बहुमत चाहिन्छ । त्यो काँग्रेसको सहयोग बिना असम्भव छ । त्यसैले पनि ओलीले सत्ता समिकरण भंगको नयाँ पासो देउवाका अघि फालिदिएका हुन् ।

यसमा तपाईको प्रतिक्रिया