नयाँशक्तिको नया रणनीति: यौनदुराचार को आरोपमा डब्लुडब्लुएफ बाट निलम्बित व्यक्ति बाबुरामको रणनीतिक सल्लाहकार

naya-shakti-chatakकाठमाडौं, ९ कात्तिक । बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी स्थापना गरिएको एक वर्ष नबित्दै असन्तुष्टी बढ्दै जाँदा पार्टी छाड्ने क्रम चलेको छ । पार्टी छाड्ने क्रम चल्नुका साथै भट्टराईले गरेका केही नियुक्तिले पनि विवाद बढाएको छ ।

गत कात्तिक ३ गते नयाँ शक्तिको एउटा निर्णयले धेरै जना चकित भएका छन् । एक विवादस्पद एनजीओका ब्यक्तिलाई भट्टराईले आफ्नो प्रमुख राणनीतिक सल्लाहकार बनाएपछि पार्टीभित्र असन्तुष्टी झनै चुलिएको हो । नयाँ शक्तिको राजनीतिक समितिको बैठकले भट्टराईको प्रमुख रणनीतिक सल्लाहकारमा विवादास्पद ब्यक्ति प्रशान्त सिंहलाई नियुक्त गरेका छ । सिंह विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)का पूर्व बजार तथा सञ्चार निर्देशक हुन् ।

नेपाल पर्यटन बोर्डको पूर्व वित्तीय सेवा निर्देशनसमेत रहेका सिंह हिमालयन क्लाइमेट इनिटियटिभका अध्यक्ष छन् भने अन्य विभिन्न संघसंस्थाहरुमा आवद्ध छन् । भट्टराईको प्रमुख रणनीतिक सल्लाहकारमा आफूलाई नियुक्ति गरेको सिंह आफैले पुष्टी गरेका छन् । उनले भट्टराईको प्रमुख रणनीतिक सल्लाहकारमा आफू किन सहमत भएको भन्ने कुरा सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।

तर भट्टराईको रणनीतिकार सिंह यौनदुराचारको आरोपमा पक्राउ परेर कारबाही भोगेका व्यक्ति भएको कुरा दृष्टि साप्ताहिकले लेखेको छ । विश्व बन्यजन्तु कोष (डब्लुडब्लुएफ) मा कार्यरत रहँदा महानगरीय यौन दूराचार आरोपमा प्रहरी अपराध महाशाखाले उनलाई पक्राउ गरेको थियो ।
सिंहले गोप्य क्यामेरामार्फत युवतीको भिडियो खिचेर पछि आफूसँग सम्बन्ध राख्न दवाव दिएका थिए । कुर्सी तथा बाथरुपमा गोप्य क्यामेरा राखेर उनले भिडियो बनाएका थिए ।

चरम यातना दिएपछि पीडित युवतीले महानगरीय अपराध महाशाखाान उजुरी दिएकी थिइन् । सोही आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । सोही काण्डले गर्दा नै उनले डब्लुडब्लुएफमा जागिर नै गुमाउन पुगेका थिए । प्रमुख रणनीतिक सल्लाहकारमा नियुक्त भएका सिंह हार्वड विश्वविद्यालय, अक्सफोर्ड विश्वविद्यालय लगायतका प्रतिष्ठित विश्वविद्यालय र प्रतिष्ठानहरुबाट प्रशिक्षित हुन् ।

यसमा तपाईको प्रतिक्रिया