“ओलीले मेरो दिल नराम्रो संग दुखाएका छन, अब म ओलीलाई कहिल्यै एक्लै भेट्दिन” देउवा

lokman akhtiyarकाठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले धोका दिएको बताएका छन्।  चार दिनदेखि जारी केन्द्रीय समितिको बैठकको अन्तिम दिन मंगलबार देउवाले आफूसँग सामान्य छलफल भए पनि अन्तिममा थाहै नदिई अख्तियार प्रमुख आयुक्त लोकमान सिंह कार्की  विरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको दुखेसो पोखे।

 ‘ओलीजीले मसँग लोकमानका विषयमा सामान्य छलफल गरेका थिए, तर हामीलाई थाहै नदिई महाभियोग प्रस्ताव दर्ता गराएछन्’, देउवाले बैठकमा भने।  बैठकमा सहभागी एक नेताका अनुसार सभापति देउवाले ओलीको व्यवहारप्रति चित्त दुखाउँदै भनेका थिए, ‘अबदेखि म ओलीजीसँग एक्लै कहिल्यै भेट्दिन।’

‘लोकमानले मेरो सुझाव मानेनन्’ सभापति देउवाले आफूले लोकमानको व्यवहार पहिलेदेखि नै नियालिरहेको बताए। उनले लोकमानलाई भेटेर मन नपरेका व्यक्तिलाई बारम्बार दुःख दिने काम बन्द गर्न सुझाव दिएको समेत खुलासा गर। देउवालाई उद्‍धृत गर्दै एक नेताले भने ‘मन नपरेको कुनै व्यक्तिले नयाँ कोट लगायो भने पनि त्यो कहाँबाट ल्याइस् भन्दै लोकमानले दुःख दिने गरेका थिए।’

लोकमानले शाही आयोगले भन्दा बढी आतंक मच्चाएको देउवाले आरोप लगाए। उनले लोकमानले धेरैजनामाथि अत्याचार गरेको र जोसँग पनि पैसा उठाएर दुःख दिने गरेको बताए। ‘अब हेर्नुस्, लोकमानलाई हटाएर कसलाई बनाउने?’, देउवाको अन्योलपूर्ण अभिव्यक्ति उद्‍धएत गर्दै ती नेताले भने, ‘राखौँ भने पनि जनमत उनको पक्षमा छैन, भोलि कोर्ट (अदालत) ले हराइदिन्छ।’ अख्तियारमा कार्कीको नियुक्तिसम्बन्धी मुद्दामा यसअघि आफैले गरेको फैसला पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयसँगै अख्तियार प्रमुख कार्की दोहोरो अप्ठ्यारोमा छन्। उनीविरुद्ध मंगलबार नै संसदमा महाभियोग प्रस्तावमाथि छलफल सुरु भएको छ।

अख्तियार आफूले नै जन्माएको दाबी गर्दै देउवाले अहिले यो संस्था आतंक सिर्जना गर्ने संस्थामा रुपान्तरण भएको बताए। ‘अख्तियार मैले नै जन्माएको हो तर आतंक मच्चाउने होइन, सुशासन कायम गर्ने संस्था बनोस् भनेर हो’, उनले भने।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा रहेका बेला लोकमानले उनलाई अप्ठ्यारो पार्ने गरी पत्रकार सम्मेलन गरेर पूर्वाग्रही व्यवहार देखाएको देउवाको भनाइ थियो। उनले लोकमानको आचारण जस्तो भएपनि अख्तियारको साख गिर्न नदिन सबैलाई आश्वस्त पार्नुपर्ने बताए।

यसमा तपाईको प्रतिक्रिया