अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले दिएछन् कारबाही नटुँगिँदै राजिनामा!

lokman-rajinamaकाठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आठ वर्षअघि आफूमाथि कारबाही नटुँगिँदै योजना आयोगको विशेष अधिकृत पदबाट राजीनामा गरेको भेटिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतबाट प्राप्त कागजातअनुसार सामान्य प्रशासन मन्त्रालयले कारबाही प्रक्रिया जारी राखेको र त्यसक्रममा लोकसेवा आयोगमा परामर्शका लागि पत्राचार गरेकै अवस्थामा कार्कीले २०६५ भदौ २५ गते राजीनामा गरेका हुन् ।

उनको उक्त राजीनामा २०६५ असोज ४ मा स्वीकृत भएको थियो ।

भूकम्पका कारण हराएको भनी सर्वोच्चलाई जवाफ पठाएको प्रधानमन्त्री कार्यालयले सर्वोच्चले कारबाहीको चेतावनी दिएपछि उक्त फाइल भेटिएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

यसमा तपाईको प्रतिक्रिया