भारतीयलाई नागरिकलाई नेपालीसरह व्यवहार गर्न दबाब

inda-jhanad
कात्तीक १० भारतले आफ्ना नागरिकलाई नेपालीसरह ‘राष्ट्रिय व्यवहार’ हुनुपर्ने भन्दै नेपाललाई पुनः दबाब दिएको छ ।

भारतीय विदेश मन्त्रालयले पन्ध्र दिनअघि परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै भारतीय नागरिकलाई नेपाली नागरिकसरह ‘राष्ट्रिय व्यवहार’ गर्ने सम्वन्धमा नेपालको धारणा मागेको छ ।

परराष्ट्रका एक उच्च अधिकारीले नेपालले त्यससम्बधमा तत्काल कुनै निर्णय गर्न नसक्ने जवाफ कूटनीतिक च्यानलबाट भारत सरकारलाई दिइसकको जानकारी दिए ।

यद्दपि नेपाल र भारतबीच बिहीबार नयाँदिल्लीमा हुन लागेको एकदिने विदेशमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा उक्त एजेन्डा भारतीय पक्षले उठाउने सम्भावना रहेको ती अधिकारीले बताए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

यसमा तपाईको प्रतिक्रिया