प्रधानमन्त्री प्रचण्डले ‘सातो’ खाएपछि मन्त्री प्रभाकरको यस्तो जवाफ

janardhan
काठमाडौं, १० कात्तिक । एमालेसँग मिलेर लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउने एक जना माओवादी नेताले झण्डै मन्त्रीपद गुमाउनुपरेको छ ।

पार्टीभित्रै केही असन्तुष्ट पक्ष र देश बाहिरका शक्तिलाई पनि नचिढ्याउनका निम्ति सम्भवतः प्रधानमन्त्रीले आफूलाई थाहै नदिई प्रस्ताव दर्ता गरेको भन्दै प्रभाकरको ‘सातो’ टिपेको हुनसक्छ । केही नेतासामु भएको भनाभनमा आफ्नो राजीनामा मागिएपछि ऊर्जामन्त्रीले ‘पार्टीकै हितमा यसो गरेको हुँ । पहिला पनि गरेको थिएँ । यो काममा पब्लिक सपोर्ट छ सक्नुहुन्छ भने मलाई बर्खास्त गर्नुस्.’ भन्ने जवाफ दिएको बताइन्छ ।

सारा घटनाक्रमबारे अध्यक्षलाई जानकारी रहेको र अकस्मात दर्ता गरिएको हकमा केही संवादहीनता देखिएको हुन सक्ने बताउँदै प्रभाकरले ‘तपाईले भनेरै मैले यो सब गरेको हुँ । यसबारे महराजीलाई पनि जानकारी छ तर मलार्य अराजक भन्दै किन कन्फ्युटन क्रिएट गर्दै हुनुहुन्छ ?’ भनेर प्रतिप्रश्न गरेका थिए ।

जवाफमा पूर्ववनमन्त्री अग्नि सापकोटाले ‘अब जे हुनु भइहाल्यो । निरंकुश लोकमान र छापामार शैलीमा महाअभियोग लगाउने हाम्रा साथी साथीले दुवैथरीलाई दण्डित गरी स्थितिलाई ब्यालेन्स गर्नुपर्छ’ भनेका थिए ।

शनिबारकै हेडक्वार्टर बेठकमा देउवासँगको वार्ताबारे ब्रिफिङ गर्दै प्रचण्डले भने- उनी पोजेटिभ छन् । एमालेको खेल हो कि प्रचण्डकै निर्णय हो भन्नेमा कन्फ्युजनमा देखिन्छन् । माओवादीको आधिकारिक निर्णय लिएर आउनुहोस् अनि सजिलो हुन्छ भनेका छन् । जनआस्था साप्ताहिकमा खबर छ ।

यसमा तपाईको प्रतिक्रिया