काठमाडौंका १० स्थानमा पर्यटन गन्तव्य बनाइने, अब सुन्दर होला कि काठमाडौं ?

kathamandu
काठमाडौं, १० कात्तिक ।
काठमाडौंका १० स्थानमा पर्यटन गन्तव्य स्थलको विकास गरिने भएको छ । जिल्ला विकास समिति काठमाडौं र १० वटा नगरपालिकाहरुबीच ‘एक नपा एक साझेदारी कार्यक्रम’ अनुसार १० स्थानलार्य पर्यटन गन्तव्य बनाइने भएको हो । काठमाडौं जिविसको वार्षिक जिल्ला विकास योजना ०७३र०७४ मा एक नगरपालिका एक उद्यान र एक नागरपालिका एक पोखरी कार्यक्रमलाई अघि बढाउने उल्लेख छ ।

आन्तरिक तथा स्थानीय पर्यटन प्रवर्द्धन गर्न र नपाभित्रका सार्वजनिक जमिनको संरक्षण गर्ने मुख्य उदेश्यले जिविसले पहिलोपटक कार्यक्रम ल्याएको हो । आजको कारोबार दैनिकमा खबर छ ।

यसमा तपाईको प्रतिक्रिया