अख्तियारका सबै आयुक्तलाई भेटेर प्रधानमन्त्रीले गरे यस्तो आग्रह

काठमाडौं, १० कात्तिक । प्रधानमनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियारका पाँचैजना आयुक्तलाई सामूहिकरुपमा भेटेर छलफल गरेका छन् ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग दर्ता भएको र उनी निलम्बनमा परिसकेको अवस्थामा प्रधानमन्त्रीले अख्तियारका सबै आयुक्तसँग भेटेर आयोगको काम कारबाहीका बारेमा जानकारी लिएका हुन् ।

सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले पछिल्लो समय आयोगले कसरी काम गर्दैछ भन्ने जिज्ञासा राखेका थिए । त्यसक्रममा उनले अख्तियारको काम कारबाही प्रभावित नहुन नदिन आग्रह गरेको बताइएको छ ।

प्रधामन्त्रीसँगको भेटमा कार्यबाहक प्रमुख आयुक्त दीप बस्न्यातसहित आयुक्तहरु डा. गणेशराज जोशी, नविनकुमार घिमिरे, डा. सावित्री थापा गुरुङ र राजनारायण पाठक सहभागी थिए ।

यसमा तपाईको प्रतिक्रिया