हेर्दाहेर्दै बल्यो बिजुलीको पोल, सिंहदरबार अासपासमा विद्युत अवरुद्ध

aago-lagyo
काठमाडौं, १० कात्तिक । अनामनगरस्थित विद्युत प्राधिकरणको एक पोलमा आगलागी हुँदा सिंहदरवार आसपासमा केही क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ ।

बुधबार बिहान साढे ११ बजे अनामगरमा रहेको विद्युत प्राधिकरणको तारमा अचानक आगलागी भएपछि विद्युत सेवा बन्द भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार विद्युत प्रवाह भइरहेका बेला तार बेरेको स्थानमा एक्कासी आगो बलेको हो।

प्राधिकरणसँगै नेपाल टेलिकम, केबुल अपरेटर तथा इन्टरनेट सेवा प्रदायकहरुले अव्यवस्थित रुपमा तार टाँग्दा विद्युत सट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।

तारमा आगोलागी भएपछि प्रहरीले आगो निभाउन ग्यासको प्रयोग गरेको थियो । तर पनि पनि तार पुरै नष्ट भएको छ ।

विद्युत प्राधिकरण नो लाइट रत्नपार्क शाखाका अनुसार प्राविधिक टोलीले मर्मत थालेपनि दिनभर विद्युत सेवा सञ्चालन हुने छैन ।

यसमा तपाईको प्रतिक्रिया