केपी ओलीले प्रचण्डको आग्रह स्वीकारेपछि तात्यो महोल, आजै केही हुने संकेत

oli-prachand-dwuwa-7
कात्तिक १० बालुवाटार छाडेदेखि फर्किएर नगएका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार एकाएक बालुवाटार पुगेका छन् ।यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पटक–पटक बोलाउँदा आनाकानी गर्दै बालुवाटार नछिरेका अ‍ोली बुधबार भने प्रचण्डको आग्रहलाई स्वीकार्दै त्यहाँ पुगेका हुन् ।

अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्वात दर्ता भएपछि तनावका देखिएका ओली प्रचण्डको आग्रह सहजै कांग्रेस सभापति शेरबहादुर देउवासहितको तीन शीर्ष नेताको छलफलमा बालुवाटार जान सहमत भएका हुन् ।

आजको बैठकमा लोकमानविरुद्ध दर्ता भएको महाअभियोग, संविभान संशोधन र स्थानीय तहको निर्वाचनको विषयमा छलफल हुने बुझिएको छ ।

गत बुधबार प्रचण्ड र ओलीको सहमतिमा महाअभियोग प्रस्ताव दर्ता भएपछि यी दुई नेता एकाएक नजिक भएका छन् ।

यी दुई कम्युनिष्ट नेता एकाएक नजिक भएपछि कांग्रेस भने झस्किएको छ । काठमाडौं टुडे बाट

यसमा तपाईको प्रतिक्रिया