लोकमानकै बिरुद्दमा बोल्यो अख्तियार: “व्यक्तिगत स्वार्थका लागि प्रधानन्यायाधिश लाइ समेत बाकि राखेनन् लोकमानले”

lokman-sinh-karkiकाठमाडौं, १० कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले तत्कालिन प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई कडा निगरानीमा राखेको तथ्य बाहिर आएको छ ।

अख्तियार उच्च स्रोतका अनुसार श्रेष्ठको कार्यकालमा आफ्नो योग्यतासम्बन्धी मुद्दा अगाडि बढ्ने सूचना पाएपछि लोकमानले प्रहरी खटाएर उनीमाथि कडा निगरानी राखेका थिए ।

त्यसबेला उनले आफ्ना नजिकका डीएसपी दानबहादुर थापालाई श्रेष्ठको दैनिकी, कल विवरण र एसएमएस संकलन गर्न खटाएका थिए । त्यसैलाई हतियार बनाएर लोकमानले आफ्नो योग्यतासम्बन्धी मुद्दा अगाडि बढ्न नदिएको स्रोतको दाबी छ ।

आफ्ना विरोधीलाई तह लगाउन लोकमानकै पालामा स्टिङ अप्रेसन, व्यक्तिगत कल विवरण संकलन र विश्लेषण, एसएमएस र दैनिकी निगरानीको शैली प्रारम्भ गरेको भन्दै अख्तियार स्रोतले भन्यो– ‘भ्रष्टाचारको अनुसन्धानमा आधुनिक सीप र शैलीको प्रयोग सकारात्मक हो, तर ती अनुसन्धान बलियो बनाउनका लागि प्रमाण संकलन गर्नभन्दा आफ्ना विरोधीलाई तह लगाउन दुरुपयोग गरियो ।’

यसमा तपाईको प्रतिक्रिया