प्रधानमन्त्रीले देउसी भैलो खेल्न अबरोध गर्न खोजेपछि अध्यक्ष ठाकुरले दिए यस्तो चेतावनी

dahal-chor

काठमाडौं, ११ कात्तिक । हिन्दू युवा जनशक्ति संघ नेपालले सरकारले पश्चिमा राष्ट्रहरूको दबाबमा हिन्दू धर्मालम्बीहरूको चाढ पर्वमा प्रहार गर्ने गरेको आरोप लगाएको छ ।

संघका अध्यक्ष विकास ठाकुरले प्रेस विज्ञप्ति जारी गरेर दसैँ, तिहार, छठ जस्ता महत्वपूर्ण पर्वलाई असर पर्ने गरेर सरकारले विभिन्न सूचना जारी गरेर दबाब कायम गर्न खोजेको दाबी गरेका हुन् । ‘बिगत केही समयदेखि पश्चिमा राष्ट्रहरूको चलखेल र सरकारको नालायकिपनका कारण हिन्दू धर्मको आस्था र हिन्दू धर्मालम्बीको सदियौँदेखिको संस्कृति र परम्परामाथि प्रहार हुँदै आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, ठाकुरले विज्ञप्तिमा भनेका छन् ।

‘पश्चिमा शक्ति केन्द्रको दबाब र आर्थिक प्रलोभनमा फसी देशका केही शीर्ष नेता र समाजिक अभियान्ताहरूले बलीप्रथाको बिरोध गर्नु, दीपाबलीको समयमा पटाका पड्काउनु नदिनु, देउसीभैलोको बिरोध गर्नु र सरकारी निकायले त्यसलाई व्यवहारमा उतार्ने निर्णय गर्नुले नेपाल लोकतान्त्रिक मुलुक हो भन्नेमा शंका उत्पन्न हुन थालेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘९४% सनातन धर्मालम्बीको बासोबास रहेको देशमा सनातन धर्मालम्बीको धार्मिक आस्थामा प्रहार हुनु निन्दनीय कार्य छ ।’

संघका अध्यक्ष ठाकुरले धार्मिक आस्थामा प्रहार नगर्न नगराउन सम्पूर्ण सरोकारवाला पक्ष र सरकारसंग हार्दिक अनुरोध गरेका छन् । ‘आउने दिनमा यस किसिमका घटनाहरू नरोकिए देशमा धार्मिक युद्ध हुन सक्नेप्रति गम्भीर भएर सोँच्न सरकारलाई आग्रह गर्दछु’, उनले भनेका छन् ।

अध्यक्ष ठाकुरले दीपावली पर्व कसैको दबाब वा प्रभावमा नभई स्वतन्त्रतापूर्वक मनाउन आह्वान गरेका छन् ।

सरकारले दस बजेभन्दा पछाडि देउसी भैलो खेल्न सूचना जारी गरेपछि अध्यक्ष ठाकुरले त्यसको विरोध गरेका हुन् ।

सरकारले तिहारको अवसरमा रातिसम्म देउसी भैलो खेल्न अबरोध गरेकोमा विरोध गरेका अध्यक्ष ठाकुरले भने, ‘मौलिक संस्कृति जोगाउने दायित्व सबै नेपालीको हो । शान्ति सुरक्षा बनाउने दायित्व राज्यको हो । यसमा प्रधानमन्त्रीले ध्यान दिनुपर्छ । देउसी भैलो खेल्न अबरोध गर्न पाइन्न । पर्वका नाममा अबरोध नगरौँ ।’

ठाकुरले क्रिशमनका बेलमा मध्यरातसम्म मात्तिएर हिँड्नेहरूलाई राज्यले छुट दिएको उदाहरण प्रसस्त रहेको भन्दै हिन्दूको चाढ पर्व मनाउन रोक्ने कार्यको घोरभत्र्सना गर्दछु भनेका छन् ।

यसमा तपाईको प्रतिक्रिया