रुसको यो मिसाइलले अमेरिकाको सातो उडाउँछ, फ्रान्स एकै झड्कामा खरानी बन्न सक्छ

rusi-bom

एजेन्सी– रुसको सबैभन्दा खतरनाक मिसाइलको तस्बिर बाहिर आएको छ । जसलाई न्याटोले शैतान नाम दिएको छ ।

७ किलोमिटर प्रतिसेकेण्डको रफ्तारमा वार गर्न सक्ने क्षमता भएको यस मिसाइल १० हजार किलोमिटरको दूरीसम्म पुग्न सक्छ ।

यसको एक वारले फ्रान्सजस्ता देशको एकैपटकमा नामोनिशान मेटाउन सक्छ । यो यति रफ्तारमा चल्छ कि यसको सामना अमेरिकाको एन्टी मिसाइल सिस्टमले समेत गर्न सक्दैन ।

यस मिसाइलसँग अमेरिका समेत डराउँछ । रुसको यस मिसाइलबाट अमेरिका र अन्य २८ देशको संगठन न्याटो यति डराउँछ कि जसका कारण यसको नाम नै शैतान राखिएको हो । रुसले यसको नाम २८–सरमाट राखेको छ ।

यसको विध्वंश क्षमता यति छ कि नागासाकी र शिरोशिमामा जुन परमाणु बम झारिएको थियो यसको अगाडि त्यो खेलौना जस्तै मानिन्छ ।

यसमा तपाईको प्रतिक्रिया