लोकमानसिंह हटाए प्रचण्ड सरकार ढलाइदिने धम्कीसहित भारतीय एजेन्ट एसडी मुनि बालुवाटारमा, अमरेसकुमार मुनिलाई बोकेर बालुवाटारमा

amresh-sih-dahal

काठमाडौं, ११ कात्तिक । लोकमान सिंह कार्कीलाई जोगाउने भारतीय चाल थप चर्केर गएको छ । यसैक्रममा अख्तियार प्रमुख कार्कीलाई  सिंहले प्रचण्डलाई महाअभियोगको पक्षमा लागेर भारतसँग निहुँ नखोज्न धम्की दिएको स्रोतले बताएको छ । नेपाल–भारत सम्वन्धबारे एक छलफलमा सहभागी हुन यसैसाता एसडी मुनि नेपाल आएका थिए । यहीबेला सत्तारुढ माओवादी र प्रमुख विपक्षी एमालेका १५७ सांसदले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरे । महाअभियोग गर्दा भएलगत्तै अमरेश एसडी मुनीसँगै बालुवाटार पुगेका थिए ।

भेटमा अमरेशले प्रचण्डलाई ‘धोकेबाज’सम्म भनेको स्रोतले बतायो । साथै उनले माओवादी लडाकूहरुले चिनियाँ पैसा खाएर लोकमानविरुद्ध महाअभियोगको प्रस्ताव पेश गरेको भन्दै प्रचण्डसँग ‘अब भारत रिसायो’ भनेर अत्याएका थिए । प्रधानमन्त्री प्रचण्डलाई महाअभियोगको पक्षमा नउभिन केही भारतीय नेता एवं कूटनीतिज्ञबाट समेत दबाव परेको स्रोतको दाबी छ ।

यसमा तपाईको प्रतिक्रिया