सभापति शेरबहादुर देउवाले दिल्लीमा प्रधानमन्त्री मोदीलाई भेट्ने

The former Prime Minister of Nepal, Shri Sher Bahadur Deuba calling on the Prime Minister, Shri Narendra Modi, in New Delhi on July 31, 2015.

काठमाडौं, १२ कात्तिक-कांग्रेस सभापति शेरबहादुर देउवा १९ कात्तिकदेखि ६ दिने भारत भ्रमणमा जाँदै छन् । त्यहाँ उनले प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ । गोवामा हुने एक सेमिनारमा सहभागी भएपछि देउवा राजनीतिक भेटघाटका लागि दिल्ली पुग्ने आजको नयाँ पत्रिकामा खबर छ ।
सभापति देउवालाई सेमिनारमा निम्तो गर्ने इन्डिया फाउन्डेसन प्रधानमन्त्री नरेन्द्र मोदीकै दल भारतीय जनता पार्टी (बिजेपी)को ‘थिंक ट्यांक’ हो । १९ कात्तिकमा गोवामा हुने सेमिनारमा सहभागी भएपछि देउवाले दिल्ली पुगेर २१ देखि २३ कात्तिकसम्म उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने उनका स्वकीय सचिव भानु देउवाले बताए ।
‘यो डेढ महिनाअघि नै तय भएको भ्रमण हो,’ उनले भने, ‘गोवाको सेमिनारमा सहभागी भएपछि दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ ।’
देउवाले भाजपा अध्यक्ष अमित साह र महासचिव राम माधवसहित कांग्रेसका शीर्ष नेतासँग पनि छलफल गर्नेछन् । यद्यपि, भेटघाटको कार्यतालिका शुक्रबार मात्रै बन्ने स्वकीय सचिव भानुले बताए ।

यसमा तपाईको प्रतिक्रिया