धुर्मुस सुन्तली फाण्डेसनले बनाएको नमूना बस्ती समुदायलाई हस्तान्तरण गरिँदै

gaucharan-basti
गिरन्चौर, १२ कात्तिक । वैशाखको भूकम्पपछि सिन्धुपाल्चोकमा धुर्मुस सुन्तली फाण्डेसनले बनाएको नमूना बस्ती आज समुदायलाई हस्तान्तरण गरिएको छ ।

स्थानीय विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग त्रिपक्षीय सम्झौता गरेर फाउन्डेसन एकीकृत बस्ती बनाएको थियो । मेलम्ची नगरपालिका–८ स्थित गिरानचौरका तामाङ समुदायको यो बस्ती हस्तान्तरण गर्न राष्ट्रपति विद्या भण्डारी पुगेकी छन् ।

सोलारजडित घर, चिल्ड्रेन पार्क, पार्किङ, सार्वजनिक धारा, शौचालय र फलफूल बगैंचा भएको बाल, अपांग र वातावरणमैत्री यो बस्ती हस्तान्तरण गर्न वरिष्ठ कलाकार मह जोडी (कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) पनि पुगेका छन्।

चन्द्र–सूर्यअंकित नेपाली राष्ट्रिय झन्डामा प्रयोग भएको रातो, सेतो र निलो रंगले सजिएको एक सामुदायिक भवनसहित ६७ घरको एकीकृत नमुना बस्ती फाउन्डेसनले आज पीडितलाई हस्तान्तरण गर्न लागेको हो ।

यसमा तपाईको प्रतिक्रिया