पाकिस्तानद्वारा भारतीय उच्चआयोगका कर्मचारीलाई देश निकाला

pakistanbodre
काठमाडौं, १२ कात्तिक ।
पाकिस्तानले भारतीय उच्च आयोगको एक कर्मचारीलाई देश निकाला गरेको छ ।

बिहीबार भारतले पाकिस्तान उच्चायोगका एक सदस्यको नन ग्राटा घोषित गर्दै अक्टोबर २९ सम्म भारत छोड्ने आदेश दिएको केही समयमा नै पाकिस्ताले इस्लामावादस्थित भारतीय उच्चायोगको एक सादस्यलाई भारत फर्कन आदेश दिएको हो ।

पाकिस्तानी विदेश मन्त्रालयका अनुुसार पाकिस्तान सरकारले भारतीय उच्चआयोगका सदस्य सुरजीत सिंहलार्इ नन ग्राटा घोषित गर्दै सुरजीतलाई परिवारसहित २९ अक्टोबरसम्म पाकिस्तान छाड्न अादेश दिइएकाे छ ।

पाकिस्तानी विदेश सचिव निसार अहमद चौधरीले सुरजीत सिंहले विएना भियना कन्भेन्सन र कूटनीतिक मापदण्ड उल्लंघन गरेको बताए

यसमा तपाईको प्रतिक्रिया