भारतीय राष्ट्रपतिको भ्रमणमा सार्वजनिक विदा दिएकोप्रति अनेरास्ववियूको आपत्ती

कात्तीक १२ नेकपा एमालेको भातृ संगठन अनेरास्ववीयुुले भारतीय राष्ट्रपति प्रणव मुुखर्जीको नेपाल भ्रमणका क्रममा सार्वजनिक विदा दिने सरकारी निर्णयप्रती आपत्ती जनाएको छ ।

प्रवक्ता सुदीप शर्माले एक विज्ञप्ती जारी गरी संविधान जारी गर्दा नेपालमाथी नाकाबन्दी लगाउने र  राजनीतिक हस्तक्षेप गर्ने भारतका राष्ट्रपतिको सम्मानमा सार्वजनिक विदा दिदा राष्ट्रिय स्वाभिमानमा आँच आउने जनाएका छन् ।

उनले विप्तीमा भनेका छन् ‘जस्तो सुकै बाहानामा सार्वजनिक विदा दिने मन्त्रीपरिषदको निर्णय सचाउन सरकारलाई अनुरोध पनि गर्दछ । यसैले नेपाली स्वाभिमान विरुद्धको निर्णय  तत्काल नसच्याए जस्तोसुकै विरोधका कार्यक्रम गर्न अनेरास्ववियु तयार रहेको समेत जानकारी गराउदछौ ।’
सरकारको यो निर्णप्रती सामाजिक सञ्जालहरुमा पनि व्यापक विरोध र आलोचना भएको छ ।

यसमा तपाईको प्रतिक्रिया