यसकारण भएछ मुखर्जी आउँदा सार्वजनिक विदा दिने निर्णय, प्रचण्डले गरे खुलासा

काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चाहनामा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका क्रममा सार्वजनिक विदा दिइएको खुलासा गरेका छन् ।

नेकपा-माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले जनवर्गीय संगठनका नेताहरुसँगको भेटमा यस्तो खुलासा गरेका हुन् । यो निर्णयमा सबै दलको समर्थन रहेको प्रचण्डको भनाइ छ ।

स्मरण रहोस्, भारतीय राष्ट्रपति मुखर्जी राष्ट्रपति भण्डारीको विशेष निमन्त्रणमामा नेपाल आउन लागेका हुन् ।

प्रचण्डले जानकारी गराएको कुरा उल्लेख गर्दै विद्यार्थी नेता रञ्जित तामाङले फेसबुकमा लेखेका छन्, ‘भारतीय राष्ट्रपति प्रणव मुखर्जीकाे राजकीय भ्रमणका बेला सार्कजानिक विदा दिने निर्णय राजनीतिक दलहरु बीचकाे साझा सहमति र राष्ट्रपति विद्यादेवी भण्डारीकाे समेत चाहनाका कारण भएकाे कुरा प्रधानमन्त्री प्रचण्डद्वारा संयुक्त विद्यार्थी संगठनलाई जानकारी ।

#अनावश्यक सार्वजनिक विदाको कोकोहोलो बन्द गरौँ ।’

ranjit-tamang

भारतीय राष्ट्रपति आउने दिन कात्तिक १७ गते सार्वजनिक विदा दिने निर्णय भएपछि यसको चौतर्फी विरोध भइरहेको छ ।

यसमा तपाईको प्रतिक्रिया