तिन करोड नेपाली चिढ्याउदै बिश्वजगत हसाउने प्रचण्डको ‘घटिया’ कदमका कारण बढ्यो बिरोध र आलोचना

१२,कात्तिक,काठमाण्डौं ।  प्रधानमन्त्री भएपछि एकपछि अर्को विवादमा तानीदै आएका प्रचण्डले अर्को लज्जास्पद निर्णय गरेर दुनियालाई हसाएका छन् । हिजो बसेको मन्त्रिपरिषद् बैठकबाट नेपाल आउन लागेका भारतीय राष्ट्रपतिको भ्रमणमा सार्वजनिक विदा दिने निर्णय गरेपछि प्रचण्डको सो कार्यको सर्वत्र विरोध र आलोचना भएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको यो निर्णयलाई ‘संसारमै कहि नभएको घटिया’ भनेर टिप्पणी गरिएको छ । यहाँसम्मकी प्रचण्डको यो निर्णयलाई पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले त मागीखाने भिखारीको संज्ञा दिएका छन् ।

भारतले नाकाबन्दी गरेर नेपाली दुःख दिएको स्मरण गर्दै सामाजिक सञ्जालमा अधिकांश नेपालीले सत्ता र आफ्नो स्वार्थका लागि भारतका राष्ट्रपतिको भ्रमणमा सार्वजनिक बिदा दिने निर्णय गरिएको आरोप लगाउँदै विरोध गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भारतसँगै चीनका राष्ट्रपतिको सम्भावित भ्रमणका लागि अहिले नै सार्वजनिक विदा दिने निर्णय गराएका पनि गराएका छन् । भारतका राष्ट्रपति प्रणव मुखर्जी यही कात्तिक १७ गतेदेखि तीनदिने नेपाल भ्रमणमा आउँदै छन्  भने चिनिया राष्ट्रपतिको कुनै टुङ्गो नै छैन् ।
मन्त्रिपरिषद् स्रोतका अनुसार बिहीबारको बैठकमा भारत र चीनका राष्ट्र प्रमुख आउँदा सार्वजनिक विदा दिने प्रस्ताव प्रधानमन्त्री प्रचण्ड स्वयंमले गरेका थिए ।

भारत र चीनका राष्ट्रप्रमुखको नेपाल भ्रमण धेरै वर्षमा हुन भएकाले सार्वजनिक विदा दिनुपर्ने उनको प्रस्ताव थियो । नेपालको ट्राफिक व्यवस्थापन पनि राम्रो नभएकोले बिदा गर्नुपर्ने  उनको तर्क थियो ।

यसमा तपाईको प्रतिक्रिया