संयुक्त बिद्यार्थी संगठनलाई प्रधानमन्त्री प्रचण्डको ठाडो जवाफ- “भारतीय राष्ट्रपति भ्रमणमा दिएको सार्वजनिक बिदा कुनै हालतमा फिर्ता हुदैन”

१२,कात्तिक,काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणमा सरकारले गरेको सार्वजनिक विदा दिने निर्णय फिर्ता नहुने बताएका छन् ।

लोकमानविरुद्धको महाअभियोग प्रस्ताव तत्काल अघि बढाउन दबाब दिन सिंहदरवार पुगेका संयुक्त विद्यार्थी संगठनका नेताहरुसँगको भेटमा आज प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको चाहना र दलहरुको छलफलबाट विदाको निर्णय लिइएको दाबी गर्दै अब फिर्ता हुननसक्ने बताएक हुन् ।
विहीबार प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले भारत र चीनका राष्ट्रपतिको भ्रमणमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । जसको चौतर्फी आलोचना भइरहेको छ ।

यसमा तपाईको प्रतिक्रिया