प्रधानमन्त्री प्रचण्ड भन्छन- “संवैधानिक निकायका प्रमुखलाई महाअभियोग लगाउने कुरा नकारात्मक”

१२ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’  अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसद्मा दर्ता भएको महाअभियोग पस्तावका पक्षमा सबै दलसँग सकारात्मक छलफल अघि बढेको बताएका छन् ।

महाअभियोग प्रस्ताव जसरी पनि पारित गर्न माग गर्दै ज्ञापनपत्र बुझाउँन सिंहदरबार पुगेको संयुक्त विद्यार्थीहरुको टोलसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । ‘संवैधानिक निकायका प्रमुखलाई महाअभियोग लगाउनु नकारात्मक कुरा हो,’ प्रचण्डले भने ‘तर, लोकमानसिंहका विरुद्ध जुन प्रस्ताव दर्ता भएको छ त्यो नकारात्मक भित्रको सकारात्मक कुरा हो ।’

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस मधेसवादी दलका नेताहरुसँग पनि महाअभियोगका बारेमा छलफल भएको भन्दै प्रक्रिया सकारात्मक रुपमा अघि बढेको जानकारी दिएका थिए । विभिन्न राजनीतिक दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउँदै आएको संयुक्त विद्यार्थीको टोलीले आज प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो ।

सरकारको नेतृत्व गरेको दल माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारी, प्रमुख प्रतिपक्षी दल एमालेको भ्रातृ संगठन अनेरास्ववियु, व्यवस्थापिका संसद्को सबै भन्दा ठूलो दल नेपाली कांग्रेसलगायतका भ्रातृ संगठन कार्कीलाई महाअभियोग प्रस्तावबाटै हटाउनु पर्ने पक्षमा छन् ।

ज्ञापनपत्र बुझाउन अनेरास्ववियुका अध्यक्ष नविना लामा, नेविसंघका अध्यक्ष नैनसिंह महर, अखिल कान्तिक्रारीका प्रवक्ता सुरेन्द्र वस्नेत, अनेरास्ववियुका सचिव आरसी लामिछाने, सुदेश पराजुलीलगायतकोटोली सिंहदरवार पुगेको थियो ।

यसमा तपाईको प्रतिक्रिया