प्रधानमन्त्री प्रचण्डलाई फनफनी घुमाइदिने को रहेछन यी डिआइजी ?

prachandabanner-1
काठमाडौं  बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  मन्त्रिपरिषदको बैंठकमा भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमण आउदा सार्वजनिक विदा दिने  निर्णय गरी आलोचित भए ।

कालान्तरमा प्रधानमन्त्री प्रचण्डलाई समेत यसरी फनफनी घुमाइदिने व्यक्ति त अरु नै रहेछ ।

रहस्यका पात्र अरु कोही नभएर नेपाल प्रहरीका एक जना डीआइजी रहेको तथ्य बाहिर खुल्न आएको छ । तर प्रधानमन्त्री प्रचण्डले एकदिने सार्वजनिक विदा आफ्नो निर्णयमा मात्र नभई कसैको प्रस्तावमा उक्त निर्णय गरेको बताएका छन् ।

शुक्रबार पहिलो चोटि माओवादी निकट जनवर्गीय संगठनका नेताहरु प्रधानमन्त्री प्रचण्डलाई भेटेर १७ गते सार्वजनिक विदा किन गर्ने ? भन्दै प्रधानमन्त्री प्रचण्डलाई र्याख र्याख्ती पारेका थिए ।

विद्यार्थी नेताहरुले र्याख र्याख्ती पारेपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रस्तावमा सार्वजनिक विदा गरिएको बताएका थिए । साथै यो निर्णय आफूले एक्लै गरेको नभई सर्वदलीय सहमतिअनुसार भएको उनले बताएका थिए ।

विहीबार क्याबिनेटको बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डले शीतलनिवासमा राष्ट्रपति भण्डारीसँग भारतीय राष्ट्रपतिको भ्रमणबारे छलफल गरेका थिए । प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयका सचिवालयका अधिकारीसमेत संलग्न रहेका थिए । छलफलमा राष्ट्रपति भण्डारीले मुखर्जीको सम्मानमा विशेष ध्यान पुर्याउन सरकारलाई सुझाव दिएकी थिइन् । त्यसँसँगै मुखर्जीको भ्रमणका बेला सार्वजनिक विदा दिन राष्ट्रपति भण्डारीले आग्रह गरेकी थिइन् ।

शीतलनिवासको छलफल सकिएपछि सिंहदरबारमा प्रधानमन्त्रीले छलफलमा गृह र स्थानीय विकास मन्त्रालयका अधिकारीका साथै उपत्यकाको सुरक्षा व्यवस्था हेर्ने  अधिकारी मिङमामर लामा समेत उपस्थित भएका थिए ।

  छलफलमा  ती मिङमार लामा ले मुखर्जीको भ्रमणका बेला तीन दिन विदा दिइनुपर्ने सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी गराएका छन् ।

उनले उपत्यकामा तीन दिन सार्वजनिक विदा नगरे ट्राफिक व्यवस्थापन गर्नै नसकिने भन्दै भ्याली डीआइजीले तीन दिन विदा दिनुपर्ने सुझाव दिएका थिए । तर सरकारले एक दिनमात्रै विदा दिने निर्णय गरिसकिएको छ ।

शुक्रबार विहान माओवादी निकट वाइसीएल, अखिल क्रान्तिकारी, महिला संघ क्रान्तिकारी, दलित मुक्ति मोर्चालगायत जनवर्गीय संगठनका अध्यक्षहरु प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरवार गएका थिए ।

यसमा तपाईको प्रतिक्रिया