प्रधानमन्त्रिको झुट राष्ट्रपति द्वारा खण्डन-“विदा दिने नदिने निर्णय सरकारले गर्ने हो राष्ट्रपति कार्यालयले होइन”

bidhya-prachandकाठमाडौं, १२ कात्तिक– भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणमा सार्वजनिक विदा दिने मन्त्रिपरिषदको निर्णयको सवत्र आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सो निर्णय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रस्तावमा भएको वताएका छन् । संसद्मा अख्तियार प्रमुख विरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव पारित गर्न दवाव दिंदै गएका संयुक्त विद्यार्थी आन्दोलनका प्रतिनिधिसँग प्रधानमन्त्री दाहालले सार्वजनिक विदा दिने मन्त्रिपरिषद् निर्णयको प्रस्तावक राष्ट्रपति भण्डारी भएको दोषारोपण गरेका हुन् ।

उनले भारतीय राष्ट्रपति नेपाल आउँदा विदा दिने निर्णय राष्ट्रपति भण्डारीको प्रस्ताव र अन्य सबै दलका नेताहरुको सहमतिमा भएको वताए । ‘हामीले यसबारे राष्ट्रपतिज्युसँग छलफल गरेका थियौं, त्यस अनुसारै यस्तो निर्णय गरेका हौं’ प्रधानमन्त्री दाहालले भने ।

तर, राष्ट्रपति कार्यालयले भने प्रधानमन्त्रीबाट त्यस्तो अभिब्यक्ति आएको आफूहरुलाई विश्वास नलागेको जनाएको छ । ‘भ्रमणको तयारी कसरी गर्ने विदा दिने कि नदिने, ब्यवस्थापन कसरी गर्ने भन्ने निर्णय नेपाल सरकारले गर्ने हो’ राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भने, ‘राष्ट्रपति कार्यालयसँग सम्बन्धित विषय होइन ।’

सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी भारतीय राष्ट्रपतिको नेपाल भ्रमणको पहिलो दिन कात्तिक १७ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो । विदा दिने निर्णयको सामाजिक सञ्जालमा ब्यापक आलोचना भएपछि प्रधानमन्त्री दाहालले त्यसको दोष राष्ट्रपतिलाई दिएका हुन् । राष्ट्रपति कार्यकारी नरहेको ब्यवस्थामा राज्यको सम्पूर्ण कार्यकारी जिम्मेवारी सरकारको हुन्छ ।

यसमा तपाईको प्रतिक्रिया