खराब नियत बोकेर नेपाल आउन लागेका रहेछन् भारतीय राष्ट्रपति !

pranab-mukharji

१३ कात्तिक– भारत सरकारले राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका क्रममा संविधान संशोधनका विषयमा पनि छलफल हुने संकेत गरेको छ ।

भारतीय विदेश मनत्रालयद्वारा शुक्रबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा नर्थ डेस्क प्रमुख सुधाकर दलेलाले राष्ट्रति मुखर्जीको नेपाल भ्रमणका बेला संविधान संशोधन लगायत विषयमा छलफल हुने बताए ।

‘उहाँ (मुखर्जी) ले नेपाल भ्रमणका क्रममा दुईपक्षीय, क्षेत्रीय, अन्तर्राष्ट्रियसहित सबै विषयमा छलफल गर्नुहुनेछ ।’

राष्ट्रपति मुखर्जीले नेपाल भ्रमणका क्रममा मधेसको माग र चासोलाई सम्बोधन गर्नै छलफल गर्नुहुनेछ भनी सोधिएको प्रश्नमा दलेलाले भने, ‘जहाँसम्म तपाईंको प्रश्नको विषय छ, पछिल्ला समयमा नेपालबाट भएका उच्चस्तरीय राजनीतिक भ्रमणमा सबै पक्षलाई समेट्न संविधान संशोधन गर्ने प्राथमिकता रहेको बताइएको छ ।

भारतले त्यसलाई स्वागत गरेको छ । उहाँ (मुखर्जी) ले औपचारिक भेटमात्र गर्नुहुनेछैन, सबैसँग सबै विषयमा छलफल गर्नुहुनेछ ।’

मुखर्जीको नेपाल भ्रमण विशेष सदभाव भ्रमण भएको जनाउँदै उनले यसबाट दुवै देश र जनताबीचको सम्बन्ध अझै बलियो हुने विश्वास व्यक्त गरे ।
नागरिक दैनिकबाट

यसमा तपाईको प्रतिक्रिया